काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ । मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।
मन्त्री श्रेष्ठले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पु¥याई नेपाली युवाहरुलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गर्नुभयो । उहाँले ठगीमा परेका नागरिकहरुले आफ्ना गुनासोहरु सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि आग्रह गर्नुभयो ।
उहाँले वैदेशिक रोजगारीमा जानेहरुले प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गर्नुभयो ।


प्रतिक्रिया