राजनीति

स्थानीय तहको निर्वाचन संविधान अनुसार हुनुपर्ने माधव नेपालको भनाई


काठमाडौँ – सत्तासाझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानूनअनुरुप हुनुपर्ने बताउनु भएको छ । बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग बिस्तृत छलफल गरिरहेको बताउनु भयो । अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताउनु भयो ।