राजनीति

कालापानी क्षेत्रको जनसंख्या ६ सयको हाराहारीमा


काठमाडौँ — भारतीय सेनाले प्रयोग गर्दै आईरहेको नेपाली भूभागको जनसंख्या करिब ६ सयको हारारहारीमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार प्रारम्भिक नतीजा सार्वजनिक गर्दै विभागले कालापानी क्षेत्रको जनसंख्या पाँच सयदेखि ६ सयको बीचमा रहेको विभागले जनाएको हो ।

केन्द्रीय तथ्यांक विभागले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना भौतिक उपस्थितिमा हुन नसके पनि अनुमानित जनसंख्या आकलन गरेको जनाएको छ । इन्डाइरेक्ट टेक्निक्सहरू युज गरेर (प्रविधिको प्रयोग गरी) त्यहाँको प्रारम्भिक जनसंख्या निकालेको थियो ।

अहिले पालिकागत जनसंख्या मात्र सार्वजनिक गरिएको र वडा तहसम्मको जनसंख्या यकिन गर्न बाँकी रहेकाले नै किटेर भन्न सक्ने अवस्था भने छैन ।