राजनीति

वामदेव गौतम दम्पत्तीलाई कोरोना पुष्टि


काठमाडौँ – पूर्व उपप्रधानमन्त्री वामदेव गौतमको दम्पतीलाई कोरोना संक्रमण भएको छ। एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतम र उनकी पत्नी तुलसा थापालाई कोरोना पुष्टि भएको हो ।

गौतम दम्पत्तीलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गौतमले जानकारी दिएका हुन् । हाल उनीहरु आफ्नै निवासमा आराम गरिरहेका छन् ।