राजनीति

कोरोनाको खोप कतिले लगाए ? संक्रमण युवामा धेरै


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ वर्षमाथिका ८४ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले दुई मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् । १२ देखि १७ वर्षका ७९ प्रतिशतले पहिलो मात्रा र ५५ प्रतिशतले दोस्रो मात्रा खोप लगाईसकेका छ् ।

कूल जनसंख्याको ६१ प्रतिशतले पहिलो मात्रा र ५५ प्रतिशतलाई दोस्रो मात्रा दिइएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमणदर वृद्धि हुँदै गएको छ । तर खोप अभियानले तीब्रता लिन सकेको छैन । विगत दुई सातादेखि नेपालमा निरन्तर कोभिड–१९ सङ्क्रमण वृद्धि भइरहेको छ ।

यसअघि शनिवारसम्म लगातार पाँच दिन दैनिक १० हजारभन्दा बढीमा सङक्रमण देखिएकोमा आइतवार भने ७ हजारभन्दा थोरैमा पुष्टि भएको थियो । पछिल्लो समय झण्डै ९० प्रतिशतमा ओमिक्रोन भेरियन्ट संक्रमण भइरहेको छ । गत हप्ता ९शनिवासम्म० ७६।२ प्रतिशतले बढेर १ लाख १७ हजार ४ सय २८ जनाको परिक्षणमा ५६ हजार ६ सय ५६ जनामा संक्रमण पुष्टी भएको छ ।

संक्रमणदर ४८।२ अर्थात अघिल्लो हप्ताको भन्दा १८।५ प्रतिशतले बढि हो । पछिल्लो वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार पाँच सय नाघेको छ । सक्रिय सङ्क्रमितमध्ये ३८ हजार ५ सय ८१ जना काठमाण्डौमा, ९ हाजर ५१ जना ललितपुरमा र ५ हजार २ सय १० जना भक्तपुरमा छन् ।

सक्रिय संक्रमितमध्ये अहिले आईसीयूमा २३८ जना र भेन्टिलेटरमा ४३ जना बिरामी भएको मन्त्रालयले जनाएको छ । सबै उमेर समूहलाई संक्रमण पुष्टि भएपनि ठूलो मात्रामा युवाहरु संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । माघ २ देखि ९ गते सम्मको तथ्याङ्क हेर्दा २१ देखि ३० वर्ष उमेर समूहका हालसम्म २२ हजार ५७३ जना संक्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० वर्षसम्म १८ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ ।