देश

संविधानसँग बाझिएका सबै कानून संशोधन गर्न कानुनविद्को सुझाव


काठमाडौँ – कानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका छन । सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार अपरान्ह स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा कानुनविद्हरुले संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरेर स्थानीय तहको निर्वाचनमा जान सुझाव दिएका हुन् ।

कानुनविद्हरुले स्थानीय तह निर्वाचन ऐन र संविधान बाझिएकाले बाझिएका ती कानुनहरु संशोधन गरेर अघि बढन सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकमा कानुनविद्हरुले सत्तारुढ पाँच दललाई संविधानसँग बाझिएका कुनै पनि कानुन अमान्य हुने संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराएका थिए ।।