काठमाडौँ – नेपाल प्रहरीका १३ प्रहरी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको हो ।
आज सार्वजनिक सूचना निकालेर प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी प्रहरीलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो ।
हप्ता दिनभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ ।



प्रतिक्रिया