समाचार

श्रीमतीको हत्या गरी श्रीमान् फरार


काठमाडौँ – कैलालीको गोदावरी नगरपालिका–९ का परशुराम रोक्का मगरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन् । आईतबार साझपख परशुरामले घरायसी विवाद हुँदा श्रीमतीको हत्या गरी फरार भएका छन् ।
श्रीमतीको हत्या गरेर फरार भएका रोक्कामगरको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।