राजनीति

राष्ट्रियसभा चुनावको मौन अवधि शुरु, आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह


काठमाडौँ – माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आईतबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधिको समयमा कुनै पनि किसिमको प्रचार सामाग्रीको प्रयोग वा सार्वजनिक नगर्न आईतबार वक्तव्य जारी गर्दै आग्रह गरेको छ ।

आयोगको आचारसंहिता अनुसार मौन अवधिको समयमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न वञ्चित गरिएको छ । मतदान केन्द्रभन्दा ३०० मिटर वरपरसम्म राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ । निर्वाचनमा प्रभाव पर्ने एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।