राजनीति

संविधान र स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न कानुन व्यवसायीको सुझाव


काठमाडौँ — कानुन व्यवसायीहरूले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न सुझाव दिएका छन् ।

आइतबार सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूले कानुन व्यवसायीसँगको छलफलमा संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न कानुन व्यवसायीहरूले सुझाव लिएका हुन् ।

स्थानीय तह ऐन २०७३ र संविधानको धारा २१५, २२० र २२५ बाझिएको देखिएकाले संविधानको धारा १ अनुसार बाझिएका कानुन अमान्य हुने भएकाले सो अनुसार कानुन संशाधन गर्ने सुझाव दिएका हुन् ।