राजनीति

सत्ता गठबन्धनले कानुनविदसँग छलफल गर्दै


काठमाडौँ — सत्तारुढ पाँच दलीय गठबन्धनले कानुनविदहरुसँग छलफल गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनको अन्तिम समय कुन भन्ने विषयमा विवाद भइरहेका बेला कांग्रेस नेतृत्वको गठबन्धनले आइतवार अपरान्ह ४ बजे कानुनविदहरुसँग छलफल गर्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने उक्त छलफलमा सत्ता गठबन्धनका शीर्ष नेताहरु पनि सहभागी हुने छन् ।