राजनीति

ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, दुईजना गम्भिर घाइते


काठमाडौँ – ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छन् । ओखलढुंगामा को सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले गुँडिरेहेको बोलेरोलाई किचेको छ ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ घर भएका युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ घर भएका हेम बहादुर मगर छन् । घाइते दुई जनालाई काठमाडौँ ल्याएको छ भने एक जनाको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

ओखलढुंगा सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा जीपमा ६ जना सवार थिए । ढुंगा करिब डेढ सय मिटर माथिबाट खसेको थियो ।

गम्भीर घाइते जिप चालकलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।