राजनीति

वर्तमान सरकार पूर्णत असफल भएको केपी ओलीको दाबी


काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सबैतिर असफल भएको आरोप लगाउनुभएको छ । आज १५ बुँदे वक्तव्य जारी गर्दै ओलीले यो सरकार आएदेखि अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको समेत आरोप लगाउनुभयो ।

साथै ओलीले स्थानीय तहको निर्वाचन सार्न सरकारले बहानाबाजी गरिरहेको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ । स्थानीय तहको चुनाव र्सान बैशाखमै प्रतिनिधिसभाको चुनाव गर्ने कार्ड फ्याँकेको ओलीको अरोप छ । आफ्नो पार्टी ताजा जनादेशको पक्षमा उभिएको भए पनि स्थानीय तहको निर्वाचन सार्ने पक्षमा भने आफूहरु नरहेको ओलीले स्पष्ट पार्नुभएको छ ।

याे पनि: ओलीको विज्ञप्ति: स्थानीय चुनाव पर धकेल्न पाइँदैन (पूर्णपाठ)