राजनीति

पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक विदा


काठमाडौँ – पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका न्यायालयहरू बन्द हुने भएका छन् । शर्माको निधनमा शोक मनाउन आज सर्वोच्च अदालतसहित उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत बन्द रहने सर्वोच्च अदालतले जनाएको छ ।

पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार निधन भएको थियो । तर उहाँको हिजै मात्रै अन्त्येष्टि गरिएको थियो । परिवारका केही सदस्यहरु मुलुकबाहिर रहेका कारण उनीहरु आइसकेपछि हिजो मात्रै अन्त्येष्टि गरिएको हो ।

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मनुभएका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश हुनुभएको थियो ।