विदेश

अफगानिस्तानमा मिनी बसमा बम विष्फोट, ७ जनाको मृत्यु


काठमाडौँ – अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ । हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो । अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।