राजनीति

आगामी निर्वाचन र प्रधानमन्त्रीको सम्बोधनबारे एमालेले औपचारिक धारणा सार्वजनिक गर्दै


काठमाडौँ – आगामी निर्वाचन र प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनबारे एमालेले आज औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा दिउँसो पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने पार्टी कार्यालयका सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचन, प्रधानमन्त्रीको सम्बोधन, विकास निर्माणको कामको वास्तविकता र समग्र राजनीतिक परिस्थितिबारे एमालेको धारणा सावर्जनिक गर्ने अधिकारीले बताउनुभयो ।