काठमाडौँ – आज ६९ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।
सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरि पनि नयाँ बिरामी देखिने गरेका छन् । नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांक छ ।
कुष्ठरोग वंशाणुगत नभएपनि परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरुमा पनि देखिन सक्ने सम्भावना उच्च रहने चिकित्सकहरु बताउँछन् । समयमै कुष्ठरोगको उपचार हुन नसके अपांगता हुने र ज्यानसमेत जाने जोखिम हुन्छ ।


प्रतिक्रिया