विदेश

मुम्बईमा २० तले भवनमा आगलागी हुँदा सातको मृत्यु


काठमाडौँ – भारत मुम्बईको एक भवनमा आगलागि हुँदा ७ जनाको मृत्यु भएको छ । २० तले भवनको १८ औँ तलामा आगलागि हुँदा ७ जनाको मृत्यु भएको हो ।

आगलागीमा घाइते २८ जनाको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।