राजनीति

माओवादीले बनायो एमसीसी सुझाव कार्यदल


काठमाडौँ – नेकपा माओवादी केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव दिन कार्यदल गठन गरेको छ ।

पूर्वस्थायी कमिटी सदस्य तथा आयोग प्रमुखहरूको बैठकमा एमसीसीबारे चर्को आवाज उठेपछि कार्यदल गठन गरिएको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । कार्यदलको नेतृत्वबारे भने खुलाइएको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु बसेको आजको बैठकमा आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको महराले बताउनुभयो ।