राजनीति

आइतबार अदालत बन्द


काठमाडौँ – पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आईतबार देशभरका न्यायालयहरू बन्द हुने भएका छन् । गत बुधबार पूर्वप्रधानन्यायाधीश शर्माको निधन भएको थियो । तर मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उहाँको आज अन्त्येष्टि गरिएको हो ।

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मनुभएका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश हुनुभएको थियो ।