राजनीति

‘सर्वदलीय बैठक बहिस्कार गर्नेहरू नवफासीवादी तत्त्व’


काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नवफासीवादी बनेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै डा। भट्टराईले ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको जिकिर गरेका हुन् ।

उनले लेखेका छन् ‘विना कारण ६ महिनादेखि संसद् अवरुद्ध गर्ने,वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व हुन् । नबिर्सौँ हिट्लरको मार्ग निर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो ! ’