देश

दाङमा रुखले च्यापेर एकको मृत्यु


काठमाडौँ – दाङको देउखुरीमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । रुखले च्यापेर गढवा गाउँपालिका २ पचहिया निवासी वर्ष ३२ का सन्तोष यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रवार घर देखि एक किलो मिटर पर रहेको चौरमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्यापिएर मृत्यु भएको उनका जेठा दाइ स्वामी प्रसाद यादवले बताए ।

भाइलाई रुखले च्यापेको थाह पाएपछि उपचार गर्न लैजाने भनेर एम्बुलेन्स समेत बोलाएको र बाटोमै मृत्यु भएको उनले बताएका छन् ।