देश

पत्रकार एलबी विश्वकर्माको निधन बारे छानविन गर्न माग


काठमाडौँ – पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रेस काउन्सिल नेपालले माग गरेको छ ।

टिभि टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको बिहीवार पाटन अस्पतालमा निधन भएको थियो । उपचारका लागि निजामती कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग भएका कारण सो अस्पतालले भर्ना नगरी पाटन अस्पताल रिफर गरेको भन्दै आफन्तजनले उहाँको निधनको दोष निजामती कर्मचारी अस्पताललाई दिएको समाचारहरु बाहिरिएका छन् ।

यसै सन्दर्भमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रवार अस्पताल प्रशासन पुगि अस्पतालले गरेको लापरबाहीको सम्बन्धमा छानविन गरी दोषीउपर कारबाहीको माग गरेको हो ।

अध्यक्ष बस्नेतले अस्पतालले के–कस्तो प्रक्रिया अगाडी बढाउँछ केही दिन पर्खने र सोही अनुसार प्रेस काउन्सिलले कदम चाल्ने बताउनुभयो ।