देश

मधेशमा छैन सर्तकता


काठमाडौँ – मधेस प्रदेशको बजारहरुमा अत्याधिक भिड देखिएको छ । मधेश प्रदेश अन्तरगतका विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिए पनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको छ ।

बजारमा भिडभाड अत्याधिक देखिएको छ भने सर्वसाधारणहरु स्वास्थ्य मापदण्डा अपनाउन छाडेका छन । विनामास्क बजारमा सर्वसाधारणहरु आवतजावत गर्ने गरेका छन भने भिडभाड समेत देखिएको छ ।

मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक बिजय झाले जानकारी दिनु भयो । प्रदेशमा राजनीतिक दलहरुले समेत कोभिड नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै आ–आफनो गतिविधिलाई अगाडि बढाउने गरेको पाइएको छ ।