देश

ट्राफिक प्रहरीद्वारा नागरिक सचेतना अभियान शुरु


काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान शुरु गरेको छ । आज कोरोनाको जटिलतालाई मध्यनजर गर्दै महाशाखाले काठमाडौंको आरएनएसीबाट कोरोनाबाट बच्नका लागि आम नागरिकहरुलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान शुरु गरेको हो ।

महाशाखाले सवारीसाधनमा मास्क अनिवार्य लगाउन आग्रह गरिएको पर्चा तथा पम्प्लेटहरु समेत टाँसेको छ भने सवारीसाधन चालक र सहचालक तथा यात्रुहरुलाई सवारीसाधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले मास्क नलगाइ हिँड्ने मानिसहरुलाई मास्क लगाएर हिँड्नका लागि सचेतना अभियान शुरु गरेको बताउनु भयो । महासचिव सिटौलाले सवारीसाधन चढ्ने यात्रु, सवारी चालक र सहचालकहरुले मास्क नलगाएको पाइएमा कानूनअनुसार कारबाही हुने पनि बताउनु भयो ।