काठमाडौँ – बुद्ध एयरको विमान झन्डै पौने घन्टा ढिला गरी अवतरण गरेको छ । ६९ यात्रु लिएर राजधानीबाट नेपालगञ्ज उडेको बुद्ध एयरको कल साइन नं 9N–AJX को जहाज अवतरण हुनुपर्ने निर्धारित समयभन्दा ३८ मिनेट ढिलो गरी अवतरण भएको हो ।
ढिलो गरी विमान ढिलो गरी अवतरण हुँदा जहाज भित्र रहेकी एक महिला यात्रु बेहोस अवस्थामा रहेकी थिईन् । उनलाई बाँकेस्थित नेपाली सेनाको अस्पताल लगिएको छ । उनको अहिलेसम्म होस आउन सकेको छैन ।
बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेर ८ बजेर ४० मा अवतरण हुनु पर्ने थियो । तर, जाहाजले ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।


प्रतिक्रिया