देश

युवकको ज्यान लिएर भागेको टिपर कीर्तिपुरबाट फेला


काठमाडौँ – राजधानीमा बाइकलाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरबाट फेला पारिएको छ । कोटेश्वरमा गए राति मोटरसाइकललाई ठक्कर दिएर फरार रहेको टिपर कीर्तिपुरमा लुकाएको अवस्थामा फेला परेको हो ।

टिपरको ठक्करबाट भक्तपुरस्थित सल्लाघारी बस्दै आएका २७ वर्षीय प्रकाश लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना लगत्तै उनलाई ट्रमा सेन्टरमा लगिएको थियो । लिम्बुको स्थायी घर भने मोरङको पथरी रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिँदा मोरङको पथरी घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बूको मृत्यु भएको थियो । उपचारका लागि ट्रमा सेन्टरमा लगिएकोमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

टिपरले ठक्कर दिएको प्रदेश ३–०२–०२६ प १८२४ नम्बरको मोटरसाइकलमा पछाडि सवार ३१ वर्षीय देव लामा घाइते भएका छन् ।उनको घर भने उनको स्थायी घर काभ्रेको नमोबुद्ध भए पनि बनेपा बस्दै आएका थिए । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ना१क ४५०२ नम्बरको टिपरसहित चालक रमन कन्स्ट्रक्सनको क्याम्प कीर्तिपुर, सुन्दरीघाट बस्ने ५२ वर्षीय सुब्बा श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।