काठमाडौँ – उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा रोक लगाएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासनहरुले उपत्यकामा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका हुन् ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा अस्थायी रोक लगाइएको हो । यस्तै यसअघि सबै प्रकारका भेला, सभा, सम्मेलनमा लगाइएको प्रतिबन्ध माघ मसान्तसम्म जारी रहनेछ । यस्तै प्रशासनले सार्वजनिक यातायातमा मास्क पनि अनिवार्य गरेको छ ।
देश


प्रतिक्रिया