देश

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ


काठमाडौँ – रौतहटको बौधीमाई नगरपालिका–७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाल रहेका छन् ।

नेपालतर्फ आउँदै गरेको बिआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी सोमबार दिउँसो मोटरसाइकल चालक जयसवाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।