देश

पशुपति धर्मशालामा बताससँगको सम्झौता खारेज गर्न सिफारिस


काठमाडौँ – पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौंता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानविन समितिले मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सो धर्मशाला बतास समूहलाई सञ्चालन गर्न दिने सम्झौंता खारेज गर्न सिफारिस गरिएको हो । केही दिनदेखि बतास समूहले पशुपति विकास कोषसँग धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै व्यापक आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानवीनका लागि समिति बनाएको थियो ।

पशुपति बिकास क्षेत्र कोषका कोषाध्यक्ष तथा छानबिन समितिका संयोजक नारायण प्रसाद सुवेदीले कोष र बतास समूहबीचमा भएको सम्झांैताका सर्तहरु निर्धारण गर्दा कानुन बमोजिम पदीय दायित्व निर्वाह नभएको बताउनु भयो । उहाँले यसरी कोषलाई हानी नोक्सानी पु¥याउने कर्मचारीलाई र अनाधिकृत सम्झौता कानून सम्मत भनी छापा तथा विद्युतीय माध्यममा प्रवाह भएको देखिएकाले तत्कालिन पदाधिकारी समेतलाई कारबाही गर्ने देखिएको बताउनु भयो ।

नेपाल भारत मैंत्री धर्मशाला भारत सरकारको ४० करोड रुपैयाँको लागतमा निर्माण भएको हो । धर्मशाला नितान्त धर्मशालाको रुमपा प्रयोग गर्नु पर्ने भए पनि यहाँ गाडीको ग्यारेज समेत निर्माण गरेको सो समितिले जनाएको छ ।