देश

सिंहदरबारको ग्यालेरी बैठक भवन पुनर्निर्माण गर्ने शहरी विकास मन्त्रालयको निर्णय


काठमाडौँ – शहरी विकास मन्त्रालयले सिंहदरबार स्थित ग्यालेरी बैठक भवनको पुनर्निर्माण गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएको यो भवन शहरी विकास मन्त्रालयले पुनर्निर्माण गर्ने भएको हो ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले बि.सं. १९६५ सालमा सिंहदरबार बनाउँदा ग्यालेरी बैठक भवनपनि बनाएका थिए । २००४ सालदेखि भारदारीसभा बैठक सुरु भएको र प्रजातन्त्रपछि नेपालको पहिलो संसद भवनको रुपमा रहेको उक्त भवन भूकम्प गएको झन्डै ७ वर्षपछि पुनर्निर्माण हुने भएको हो ।

सोमबार शहरी विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सिंहदरबारको ग्यालेरी बैठक भवनको क्षतिको अवस्थाको जाँच भइसकेको र पुनर्निर्माण गर्ने निर्णय भएको जानकारी दिइएको छ ।