समाचार

कलंकीमा बसले मोटरसाइकललाई ठक्कर १ जनाको मृत्यु, एक घाइते


काठमाडौँ — काठमाडौँको कलंकीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक भने घाइते छन् ।

शनिबार बेलुकी सवा ७ बजे स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

दुर्घटना हुँदा रुकुमपूर्व घर भई काठमाडौँको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगरको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा हिजो बेलुकी पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगर घाइते भएका छन् । उनको उपचार पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा भइरहेको छ ।

बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।