समाचार

स्याङ्जामा १६ महिने बालकको चक्कु हानी हत्या


काठमाडौँ — स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ ।

वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

हत्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन ।