समाचार

चीनसँग जोडिएका नाका खोल्न माग गर्दै प्रदर्शन


काठमाडौँ — चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौँको माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीय बासिन्दाले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरू खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागीले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न माग गरे । चीन सरकारले हुम्लामा रहेको १२ नम्बर सीमास्तम्भ सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए ।

‘केरुङ, खासा नाकाहरू खुला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिलर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ ।’