समाचार

मोरङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु




काठमाडौँ – मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ७ का २१ वर्षीय निश्चल बानियाँ रहेका छन् । उनी नेपाल दर्शन कलेजका विद्यार्थी हुन् ।

बानियाँले चलाएको प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई आज बिहान ६ बजे को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।