देश

१३ वर्षपछि पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (भिडियोसहित)

पृथ्वीनारायणको योगदानबारे कसले के भने ?


काठमाडौँ – प्रत्येक वर्ष मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती यस वर्ष पनि मनाइएको छ । मंगलबार सिंहदबारको मुलगेटमा रहेको शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायणको शालिकमा माल्यापर्णसहित श्रद्धा अर्पण गरेका छन् ।

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनाराण शाहले टुक्रा–टुक्रा भएको राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरे । तत्कालिन नेपालको अवस्थालाई विश्लेषण गर्दै शाहबाट भएको दिव्योपदेश दूरदृष्टियुक्त पाइन्छ । राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा सत्ताबाट बाहिरिएको १३ वर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । मंगलबार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरवारको पश्चिम मूलगेटमा रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् । यो दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा भने आफ्नो पार्टीको कार्यक्रमा सहभागि नभई राष्ट्रपति सहभागि प्रज्ञाप्रतिष्ठानको कार्यक्रम मै शाहलाई माल्यपर्ण गरे । तर,राष्ट्रिय एकता दिवस भएपनि एउटै पार्टीमा रहेका पूर्व अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन छुट्टा छुट्टै सहभागि भए । लङदेन आफ्नै कार्यक्रमसहित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । राप्रपाका नेता पशुपति शमशेर राणाले पृथ्वीनारायण शाहले नेपाललाई नै जन्म दिएको बताए ।

¥यालीमा उपस्थित भएकाहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा नदिनु दुःखको कुरा भएको गुनासो गरे । उनीहरु आफूहरु नेपाली हुनुको कारण पृथ्वीनारायण शाह भएको र त्यसमा गर्वबोध हुने गरेको बताउँछन् ।

राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले गरेको त्याग मेटेर नमेटिने तर्क ¥यालीमा सहभागीहरुले गरे । नेपालमा २००७ सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया शुरु गर्नुभएको थियो ।