समाचार

नारायणहिटीको जग्गा ठेक्का प्रकरणमा मुछिएका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा


काठमाडौँ — नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । संग्रहालयभित्र जग्गामा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले ठेक्का पाएपछि भएको विवादमा मुछिएका निर्देशक दाहालले राजीनामा दिएका हुन् ।

उनले मन्त्रालयले गठन गरेको छानबिन समितिलाई सहयाेग पुगाेस् भनेर नैतिकताका आधारमा राजीनामा दिएकाे बताएका छन् ।