समाचार

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने


काठमाडौँ – गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहले सार्वजनिक स्थलमा भीड हुने सबै प्रकारका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।