देश

नारायणहिटी प्रकरणमा संग्रहालयका कार्यकारी निर्देशक नै दोषी

मिलोमतोमा न्यूनतम मूल्यांकन गरिएको छानबिन समितिकोे निष्कर्ष


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरवारमा अनियमितता गर्नेलाई कारबाहि गर्ने बताउनुभएको छ ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री आलेले नारायणहिटी दरवारमा भएको अनियमितता बारे छानबिन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरेर अनियमितता गर्नेलाई कारबाही गर्ने बताउनु भएको हो । उहाँले नारायणहिटी राजदरवार अन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्तिको संरक्षण र निगरानी गर्न नसक्नु दुःखको कुरा भएको बताउनु भयो ।

नारायणहिटी दरबारमा रहेको ऐतिहासिक बंकर भित्र पनि बतास समूहले व्यापार गर्ने योजना बनाएर काम गरेको खुलासा गर्नुभयो । मन्त्री आलेले पशुपति क्षेत्रविकास कोष भित्र रेष्टुरेण्ट सञ्चालन गरिरहेको विषयमा पनि अबको सात दिनभित्र प्रतिवेदन आउने र त्यसअनुसार नै कारबाहि प्रक्रिया अघि बढाउने बताउनु भयो ।