देश

सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै माईतीघर मण्डलामा धर्ना


काठमाडौँ – सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा आज पनि धर्ना दिइएको छ ।

नागरिक संघर्ष समितिको अगुवाईमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो । धर्नाका बसेकाहरुले नागरिकताबाट आफूहरुलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन ।

उनीहरुले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए । राष्ट्रको पहिचानको रुपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरुको गम्भिर आरोप छ ।

नेपालमा नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसकेको, कतिपय अवस्थामा गैरनागरिकहरुले समेत नागरिकता पाएको तथ्य बाहिर आउने गरेको तर त्यसको सुनुवाई सरकारले नगरेको धर्नामा बसेकाहरुको गुनासो छ ।