देश

हराएको मूर्ति ४४ बर्षपछि अनौठोसँग फिर्ता, बाजागाजासहित ल्याईयो (भिडियोसहित)


काठमाडौँ — ४० वर्षअघि हराएको पदमापाणी लोकेश्वर (करुणामय)को मूर्ति नक्सालस्थित शंकर किर्ति विहारमा पूनःस्थापना गरिएको छ । मूर्तीलाई सेनाको बाजा गुरजुको पल्टनसहित जात्रा गरेर नक्सालमा ल्याएको हो ।

काठमाडौँ महानगरपालीका वडा नम्बर १ नक्साल स्थित बिहार करुणामयको पूर्णकदको मूर्ति २०३४ साल तिर चोरि भएको बताइन्थ्यो । त्यसबेला एकाएक विहारबाट मुर्ति गायब भएपछि सबैले मुर्ती चोरिएकै लख काटे । विहार व्यवस्थापक र स्थानीयले चोरी भएको उक्त मुर्ति विदेश नै पुर्याएको आशंका पनि गरे । त्यसबेला करुणामयको आकर्षक मुर्ति खोज्नलाई कसैले खास चासो पनि दिएनन् । तर मुर्ति हराएको ४४ वर्ष पछि चोरी भएको भनिएको मुर्तिको रहस्य अनौठो रुपमा उजार्गर भएको छ ।

त्यसबेला चोरी भएको मूर्ती बेचविखन गर्न सकेनन् अथवा विदेश लान सकेनन् त्यो अनुसन्धानकै विषय बनेको छ । तर करुणामयको यो मुर्ति २०५९ साल फागुन १९ गते नै हनुमान ढोका प्रहरी परीसरले छाउनीस्थित राष्ट्रिय संग्राहलयलाई हस्तान्तरण गरेको पाइएको छ । तर कसैले खोजी नगरेपछि संग्राहलयमै यतिका समयसम्म थन्कीएको हो । अहिले भने हराएका मुर्तिहरुको खोजी गर्ने शिलशिलामा अभियन्ता तथा सस्कृती संरक्षकहरुले मुर्तिको पहिचान गरेका हुन् । तसर्थ आइतबार मूर्तिलाई सग्रहालयबाट गुरुजुको पल्टन सहित बाजागाजाका साथ नेपाली सेनाको बग्गीमा राखेर नक्साल शंकर किर्ती बिहारमा सुशोभन गरिएको छ ।

संग्रहालयमा विदेशबाट फिर्ता आएको मुर्ती ४८ वटा रहेको छ भने नेपाल मै हराएर खोजी गर्न नआएका मुर्तीहरु झण्डै १२ सय वटा रहेका छन् । तर, अहिले सम्म पनि खोजीकार्य गर्न कोहि पनि नआएको संग्रहालयले जनाएको छ । जहाँबाट हराएको मुर्ती त्यहि ठाउँ पुनर्वास गराउन पाउँदा खुसी भएको राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठ बताउछन् ।

मूर्ति प्रतिस्थापन गर्दा स्थानीय बासिन्दा बाजागाजा सहित सहभागी भएका थिए । मूर्तिलाई पुरानै अवस्था र स्वरूपमा स्थापित गरिएको छ । यसरीे हराएको मुर्ती सम्पदा संरक्षण अभियन्ताको सहयोगमा सम्भव भएकोले पहिले कै ठाउँ नक्सालमा सुशोभन गरिएको हो ।

नेपालमा अलपत्र अवस्थामा छाडिएका सयौं वर्ष पुराना मूर्तिहरू संग्रहालयमा सुरक्षितसंग राखिएको पाएको छ । त्यसमध्यको नक्सालको पद्मा लोकेश्वर करुणामयको मूर्ति ४४ वर्षपछि पूनः स्थापना गर्न पाउँदा उत्साहित भएको स्थानिय बताउछन् ।

काठमाडौंका विभिन्न ठाउँका मन्दिरको प्राचीन मूर्तिहरू कहिले कति र कसरी हराए भन्ने तथ्याङक कसैसंग पनि छैन् । प्राचीनकालमा नेपाली सभ्यताको परिचय बोकेका ती मूर्तीहरुले नेपालको ऐतिहासिक गौरवगाथा गाउन सफल छन् । त्यसैले सकेसम्म परापुर्वकाल देखि सांस्कृतिक शहरको रुपमा परिचित भएका मुर्तीहरुलाई सुरक्षित राख्न सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।