समाचार

सरकारी कार्यालयमा घण्टौँ लाइन : कहिले हट्ला सर्वसाधारण लाइन बस्नुपर्ने बाध्यता (भिडियोहित)

सर्वसाधारणले कहिले पाउलान सहजै सुविधा ?


काठमाडौँ — सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राहीका लागी घण्टौँ लाइन बस्नु त नियती जस्तै बनेको छ । लामो समय देखि नै नागरिकहरु जुनसुकै सरकारी कार्यालयमा सेवा लिन जादा लाइन बसेर नै दिन बिताउने गर्छन । नागरिकले लाइन बस्नुपर्ने अवस्थाबाट कहिले मुक्ति पाउलान त ?

पछिल्लो समय काठमाडौ उपत्यकाको विभिन्न सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकहरुले सास्ती भोग्ने गरेका छन् । यातायात व्यवस्था कार्यालय चाबहिलमा सेवाग्राहीले पाउने सास्ती भोग्नेलाई मात्र थाहाँ छ । जहाँ गएपनि नेपालीहरुले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको छ । तर, पनि आफुले पाउनुपर्ने सेवा समयमा नपाउँदा नागरिकहरुले दुःख पाउने गरेका छन् । यहाँ उनीहरु राजस्व तिर्न बिहान देखि नै लाइन बस्ने गर्छन । त्यहि राजस्वले सरकारी कर्मचारीहरुको पेट पालिएको छ । तर, पनि नागरिकले सहज तरिकाले सेवा पाएका हुदैनन् । राजस्व तीर्न मात्र होइन अन्य कामको लागि आएका सेवाग्राहीहरुले पनि घटौँ लाइन बस्न बाध्य भएका छन् । एउटा कामका लागि नै तीन दिनसम्म धाउनुपर्ने भन्दै नागरिकहरु आक्रोशित बनेका छन् ।

सेवाग्राहीले पाउने सास्ती बाहिरी गेटबाटै सुरु हुन्छ । लाइन बसेका सेवाग्राही प्रायः आक्रोशित देखिन्छन् । इमान्दार भएर बसिरह्यो जहाँको त्यही हुन्छ, लाइन फिटिक्कै सर्दैन । यहाँ हिजोआज हरेक दिन कार्यालय समयमा भद्रगोल देखिन्छ । बिहान १० बजे नै कार्यालयमा आइपुगेका सेवाग्राही दिउँसो ३ बजेसम्म पनि काम पूरा हुन नसकेको गुनासो गर्दछन् ।

यता यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख रोहित पोखरेल भने आफुहरुले सहज रुपमा नै सेवा दिन खोजेपनि कहिले काही प्राविधिक समस्यले गर्दा सर्वसाधारणले सेवा दिन नसकेको बताउछन् ।

यातायात व्यावस्था कार्यलयमा मात्र होइन जहाँ गए पनि सरकारी कार्यालयमा नागरिकले घण्टौ लाईन नबसी सहज तरिकाले सेवा पाउन सकेका छैन् । सेवाग्राहि पुग्ने मध्येको एक राहदानी विभाग पनि यसबाट अछुतो छैन । अर्थात रेमिन्ट्यान्सबाट चलेको देशमा विदेश जान आवश्यक पासपोर्ट बनाउने हैरानी ब्यहोर्नु परिरहेको छ ।

लाईन छोडेर थोरै दायाँ बाया भएमात्र पनि घण्टौ पछि परिने डरले उनीहरु भोकै बसिरहेका भेटिन्छन । सरकारी काम देखेर उनीहरु दिक्क भएका छन् । त्यस्तै वैदेशिक रोजगार विभागको कार्यालय ताहाचलको ताल पनि उस्तै छ । नागरिकले दुख पाउने नै हो । यहाँ पनि नागरिकहरु बिहान देखि नै लाइन बसेका हुन्छन् । योत उदारण मात्र हो, यस्ता सर्वसाधारणले सास्ती भोग्नु पर्ने सरकारी कार्यालयहरु धेरै छन् । यस्तो हुदा समेत राज्य कानमा तेल हालेर बसेको छ ।