समाचार

नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)


काठमाडौँ — नेपाल प्रहरीले ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । गत शुक्रबार २६ एसएसपीको सुरुवा गरेको नेपाल प्रहरीले दुई दिनमै ३४ जना एसपीको सरूवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत अमरेन्द्रबहादुर सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरूवा गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत अरुण पौडेललाई प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरूवा गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत अर्जुनप्रसाद तिमिल्सीनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा गरिएको छ । त्यस्तै काठमाडौँ उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा कार्यरत चक्रराज जोशीलाई जिल्ला प्रहरी कार्याल काभ्रेपलाञ्चोकमा सरूवा गरिएको छ भने जिल्ला प्रहरी कार्याल काभ्रेपलाञ्चोकमा कार्यरत भुपेन्द्रहादुर खत्रीलाई प्रहरी प्रधान कर्यालय जगेडापुल नक्सालमा ल्‍याइएको छ ।

विमानस्थल सुरक्षा कार्यालयका नान्तीराज गुरुङलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा पठाइएको छ भने उनको ठाउँमा हिमालय कुमार श्रेष्ठलाई ल्याइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत उमाप्रसाद चतुरबेदीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा ल्‍याइएको छ ।