समाचार

कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक


काठमाडौँ — कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । गत असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा बिहीबार प्रकाशन गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि तथा आशिक परीक्षामा सम्मिलित २४ हजार ७२४ (ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८) जना परीक्षार्थीमध्ये २ हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । अर्थात् ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

परीक्षाको नतिजा https://www.neb.gov.np/ मा हेर्न सकिने बोर्डले जनाएको छ ।