देश

मूर्तिहरू चोरी हुने क्रम बढ्दो, अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय (भिडियोसहित)

लाखौं डलरमा बिक्री हुन्छन् ‘भगवान’


काठमाडौँ — काठमाडौँबाट प्राचीन, लिच्छविकाल एवं मध्यकालमा कुँदिएका सयौं महत्वपूर्ण मूर्तिहरू चोरी भएका छन् । केही फिर्ता पनि भएपनि अधिकांश मूर्ति कहाँ छन् भन्ने अझै पनि पत्तो छैन । यता सम्पदा संरक्षण महाअभियानहरुले भने परापुर्वकाल देखि सांस्कृतिक शहरको रुपमा परिचित भएका मुर्तीहरुको खोजीकार्य जारी राखेको छ ।

काठमाडौँका विभिन्न ठाउँका मन्दिरको प्राचीन मूर्तिहरू कहिले कति र कसरी हराए भन्ने तथ्याङक कसैसंग पनि छैन् । प्राचीनकालमा नेपाली सभ्यताको परिचय बोकेको ती मूर्तीहरुले नेपालको ऐतिहासिक गौरवगाथा गाउन सक्षम छन् । विसं २००७ को दशकमा नेपालका प्राचीन सम्पदाका रूपमा रहेका असंख्य मूर्ति चोरी भए ।

त्यो श्रृंखला आज पनि रोकिएको छैन । अझै पनि मन्दिरमा राखिएका मूर्तीहरु चोरी भइरहेको छ । तर, यस्ता घट्नाहरु लुकाइन्छ । काठमाडौ महानगरपालीका वडा नम्बर १ नक्साल स्थित बिहारको करुणामयको पूर्णकदको मूर्ति २०३४ साल तिर चोरि भयो । मूर्ति चोरी गरेपछि बेचविखन गर्न सकेनन् अथवा विदेश लान सकेनन् सोही कारण मूर्ति अलपत्र भयो । त्यो मूर्ती हनुमान ढोका प्रहरी परीसरमा पुग्यो । हराएको मूर्तीको कसैले पनि खोजीकार्य गरेनन् । तर, अहिले मूर्ति प्रहरी परीसरबाट विधिवत बिहार मै पुनःस्थापना गर्ने तयारी भैरहेको छ । यसको लागि स्थानीय पूजारी एवं सम्पूर्ण व्यक्तित्वहरुसँग समन्वय भईरहेको छ ।

२०५१ सालमा अमेरिकाबाट फिर्ता आएका ४० वटा मूर्ति राष्ट्रिय संग्रहालयमा राखिएको छ । चोरी गरी जर्मनी पु¥याइएका उमामहेश्वरको मूर्ति जर्मन सरकारले २०५६ सालमा फिर्ता गरेको थियो । अहिले सो मूर्तिलाई पाटन संग्रहालयमा सुरक्षित राखिएकोे छ । उक्त मूर्ति धुलिखेलबाट हराएको १२ औं शताब्दीको मूर्ति हो । त्यस्तै, २०५९ सालमा अस्ट्रियाबाट फिर्ता भएको दीपंकर बुद्धको मूर्ति पनि अहिले सम्बन्धित ठाउँमा राखिएको छ ।

२०५६ साल भदौ २५ गते अमेरिकाको म्युजियमबाट फिर्ता भएको गरुडासन विष्णुको मूर्ति काठमाडौंको जैसीदेवलबाट चोरी भएको थियो । सो मूर्ति पनि अहिले फिर्ता भएको छ । यसबाहेक पाटनको किलबहालबाट चोरी भएको बुद्धको मूर्ति पनि फिर्ता भइसकेको छ । यो त उदारण मात्र हो यस्ता मूतीहरु कति हराएका छन् भन्ने यकिन तथ्यांक नै छैन् । यता सरोकारवालाहरु भने यो सब सरकारको लापबार्हीका कारण मूतीहरु हराएको तथा विदेशमा पुगेको बताउछन् ।

४० वर्ष अघि चोरी भएको करुणामयको मूर्ती राष्ट्रीय संग्रहालय छाउनीमा भेटिएपछि अभियान्ताहरु पनि खुसि भएका छन् । उनीहरुले यस्तो मूर्ती धेरै हराउने भएकोले सुरक्षा ध्यान दिनु पर्ने बताउछन् ।

यता जनाप्रतिनिधिहरु काठमाडौबाट हराएका मुर्तीहरुको खोजीकार्य गर्न लागि परेका छन् । अहिले भेटिएको करुणामय मूर्ती नक्सालमा ल्याउने तयारी भैरहेको जनाप्रतिनिधिहरु बताउछन् । नक्सालको शंकराकृति विहारमा तीन वटा मूर्ती हराएकोमा २ वटा भेटिएको र अर्को बुद्धको मुर्तीको खोजीकार्य भईरहेको स्थानिय बासिन्दाहरु बताउछन् ।

नेपालमा अलपत्र अवस्थामा छाडिएका सयौं वर्ष पुराना मूर्तिहरू विदेशमा लाखौं डलरमा बिक्री हुने भएपछि मूर्तिहरु चोरी हुन्छन् । यस्ता खालका ऐतिहासिक मूर्तिहरू वैधानिक रूपमा खरिद बिक्री हुँदैनन् । त्यसैले चोर बाटोबाट विदेश पुर्याउनको लागि अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय रहेको देखिन्छ ।