समाचार

कुपोन्डोलमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु


काठमाडौँ — ललितपुरको कुपोन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एकजना घाइते भएका छन् ।

मंगलबार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।

ललितपुरको गोदाबरी नगरपालिका- ९ छम्पी घर भई मंगलबार बस्दै तामाङको उपचारको क्रममा आज बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।