देश

ललितकलाको क्षेत्रमा सरकारको तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री कार्कीको प्रतिवद्धता


काठमाडौँ – संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एकैदिन तीन वटा पुस्तक विमोचन गर्नुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरेको संयोजकत्वमा तीन वटा पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै मन्त्री कार्कीले ललितकलाको क्षेत्रमा सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी प्रतिष्ठानका सदस्य सचिव घिमिरेले कला मानवीय जीवनलाई रङ्गीन र उत्साहित बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

सचिव घिमिरेले आफू मात्र उत्प्रेरित हुने व्यक्ति कलाकार हुन नसक्ने भन्दै सहि अर्थमा जसले समाजलाई उत्प्रेरित गर्दछ त्यो नै सही अर्थमा कलाकार हुने तर्क समेत गर्नुभयो ।