समाचार

शेर्पा सेवा केन्द्रको अध्यक्षमा गेल्जे शेर्पा र महासचिवमा आङकाजी शेर्पा सर्वसम्मत निर्वाचित



काठमाडौँ – शेर्पा सेवा केन्द्रको अध्यक्षमा गेल्जे शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ । राजधानीमा शनिबार भएको आठौँ अधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

पाँचौं औतारी ङावाङ लोजाङ एशे रिन्पोछे (तोलका टुल्कु)को प्रमुख अतिथ्यमा शनिबार शेर्पा सेवा केन्द्रको हलमा सम्पन्न आठौँ अहाधिवेशनबाट गेल्जे शेर्पा अध्यक्षतमा २१ सदस्य नयाँ कार्यसमिति चयन भएकोे छ ।

प्रथम उपाध्यक्षमा आङ काण्डु शेर्पा, द्धितिय उपाध्यक्षमा आङ देण्डी शेर्पा (डि.एन) र आङ गेलु शेर्पा, महासचिवमा आङ काजी शेर्पा, सचिवमा गेल्जे शेर्पा लामा शेर्पा र ङिमा दोर्जी शेर्पा, कोषध्यक्षमा पेम्बा छिरी शेर्पा निर्वाचित हुनुभएको छ ।


आठौँ आधिवेशनको उद्घाटन पाँचौं औतारी ङावाङ लोजाङ एशे रिन्पोछे (तोलका टुल्कु)ले गर्नुभएको थियो । पाँचौं औतारी ङावाङ लोजाङ एशे रिन्पोछे (तोलका टुल्कु)ले संस्था स्थापना भएको साढे चार दशकको अवधिमा शेर्पा समुदायको भाषा, संस्कति र परम्परालाई समेत जोगाउन शेर्पा सेवा केन्द्रले महत्वपूर्ण भूमिक खेलेको बताउनुभयो । शेर्पा समुदायको विकासमा शेर्पा सेवा केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले सदैव सहयोग रहने विश्वास दिलाउनुभयो ।

संस्था स्थापना भएको साढे चार दशकको अवधिमा शेर्पा समुदायको भाषा, संस्कति र परम्परालाई समेत जोगाउन शेर्पा समुदायको भाषा, संस्कति र परम्परागत क्षेत्रमा शेर्पाहरुको सहभागिता र उत्प्रेरण साथै संगठित गराउन साढे चार दशकका अघि स्थापना भएको शेर्पा सेवा केन्द्र अहिले संस्थाको लक्ष्य प्राप्तीमा निरन्तर सफल भइरहेको नवनिर्वाचित अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो ‘विधि र विधान अनुरुप निर्वाचित भएको कार्यसमितिले समुदायको संगसंगै संस्थाको विकास तथा विस्तारमा निश्पक्ष र तटस्थ भएर संस्थाका पदाधिकारीहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नेछौँ ।’


शेर्पा सेवा केन्द्रमा बुद्ध मिलान केन्द्र, पूजा हल, पार्टी हल, प्रथामिक उपचार केन्द्रलगायत विभिन्न स्थानहरू निर्माण गरि शेर्पा समुदायहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

देशभरका विभिन्न जिल्लाबाट काठमाडौँ आएर बसोबास गर्ने र कतिपय उपचारको क्रममा काठमाडौँमै मृत्यु हुनेहरुको शव राख्न र मृत्यु पछिको संस्कारका लागि समेत केन्द्रको प्रयोग गरिँदै आएको छ ।

सुरुवाती दिनमा गुम्बामा एउटा मात्र शव राख्ने ठाउँ थियो । तर अहिले तीनवाट शव एकैपटक राख्न मिल्ने गरि व्यवस्था गरिएको छ । संस्थाले धार्मिक र सांस्कृतिक कार्यक्रमका साथै अध्ययनका लागि जेहन्दार विद्यार्थीलाई छात्रवृति पनि उपलब्ध गराउँदै आएको छ ।