काठमाडौँ – पाल्पामा मलामी बोकेको बस दुर्घटनामा परि मृत्यु हुने मध्ये तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाईली र विजय थापाको सनाखत भएको हो ।
लालबहादुर भने मृतक वीरबहादुर विकका छोरा भएको आशंका गरिएको छ । बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो ।
सडकबाट करिब डेढसय मिटर तल खसेर बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको थियो । दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।


प्रतिक्रिया