समाचार

र्‍यापर ‘लाउरे’सहित ४ जनालाई ८ दिन थुनामा राख्न अनुमति


काठमाडौँ — लागूऔषध कारोबार आरोपमा पक्राउ परेका र्‍यापर आशीष राना ‘लाउरे’सहित ४ जनालाई कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । उनीहरु बुधबार राति करीब ७ बजेतिर लागूऔषधसहित पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ गरेको थियो ।